back
NMB ad

बैंकिंग एक्सपोमा सरोकारवालाकोस्टक तथा बीमा कम्पनीको सहभागिता, बैंकिंग क्षेत्रको विकासमा जोड

Kumari bank ad

काठमाडौँ । देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् ।

उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा निजी क्षेत्र संयुक्त रुपमा मिलेर काम गर्नुपर्ने धारणा थियो ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको सेकेण्ड बैंकिंग एक्सपो–२०१८ मा सहभागी व्यवसायीहरुसँगको कुराकानीमा उनीहरुले सो धारणा राखेका हुन । सानिमा बैंकका प्रबन्धक नरेन्द्र देवकोटाले देशव्यापी रुपमा बैंकहरुको वृद्धिका बाबजुद बैंकिंग कारोबारमा खासै कुनै समस्या नभएको बताए ।

देशव्यापी रुपमा ५१ शाखा रहेको सानिमा बैंकले प्रदर्शन कक्षमार्फत ग्राहक तथा सर्वसाधारणमा बैंकमा बचत गर्ने तथा आर्थिक क्षेत्रमा कार्यरत संस्थालाई ऋण उपलब्ध गर्ने बारेमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताए । उनले आर्थिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा भएकाले बैंकमा वित्तीय जागरण आएको बताए ।

प्रभु इन्सुरेन्स लिमिटेडका डेपुटी मार्केटिंग मेनेजर मीनु श्रेष्ठले आफ्नो संस्थाले निर्जीवन बीमाको महत्वबारे व्यवसायीलाई जानकारी दिन प्रदर्शन कक्ष राखेको जानकारी दिए ।

आयोजक मिडिया इन्टरनेशनलका कक्ष नियमन अधिकारी विजय पराजुलीले शुक्रबारदेखि सञ्चालन भइरहेको बैकिंग एक्सपोमा विभिन्न ५१ वटा स्टल रहेको जानकारी दिए । उनले ७५ जिल्लामा बैंकिंग कारोबार पु¥याउने उद्देश्यले एक्सपो सञ्चालन भएको र एक्सपोमा बैंक, शेयरको कारोबार हुने स्टक तथा बीमा कम्पनीहरुको सहभागिता रहेको बताए ।

पराजुलीले देशको विकासका लागि आर्थिक क्षेत्रमा कार्य गर्ने संस्थाहरुको विकास आवश्यक भएको उल्लेख गरे । कृषि विकास बैंक, सिबिआइएल क्यापिटल लिमिटेड, इन्भेष्टमेन्ट एण्ड फाइनान्स क लि, वित्तीय सूचना दिने अनलाइनहरु कक्षमा दर्शकको आकर्षण रहेको छ ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार ०८:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...