back
NMB ad

एकसय ७३ ग्यास सिलिन्डर लिलामी !

Kumari bank ad

मोरङ । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका एक सय ७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ ।

भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार ती सिलिन्डर बिक्रीका लागि क्षेत्रीय कार्यालयले बोलपत्र आह्वान गरेको थियो । यसमा प्रतिसिलिन्डर एक हजार तीन सय ५० रुपैयाँका दरले सबैभन्दा बढी रकम हाल्ने विराट शिल्पा इन्टरप्राइजेजका बाबुलाल भुरालाई बिक्री गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यालय प्रमुख दासका अनुसार जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, वाणिज्य कार्यालय, विराटनगर उपमहानगरपालिका र ग्यास विक्रेताहरुको रोहवरमा कार्यालयले सो बोलपत्रका आधारमा सिफारिस गरेको जनाइएको छ ।

वि.सं.२०७२ फागुन २० बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...