back
NMB ad

प्रभावकारी बन्दै गाईको बाच्छी जन्माउने प्रविधि

Kumari bank ad

चितवन । धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ ।

नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक वर्ष छ महिना अघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामा मात्रै तीनवटा बाच्छी जन्मिएको उनले बताए ।

हालसम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सातवटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उनका अनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन् । वीर्य रहने मात्रा भने २५ प्रतिशत मात्रै हुने भएकाले दुई÷तीन पटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।

नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताए । उहाँका अनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् । अन्य वीर्य प्रयोग गरी ब्याएका गाईले १५ लिटर हाराहारी दूध दिएको उनले बताए ।

बाच्छीको तौल जन्मँदैमा ४४ किलो हाराहारी रहेका छन् । अन्य वीर्य दिँदा १७ किलो हाराहारी जन्मिने गरेको संयोजक आचार्यले बताए । योसँगै बाच्छी मात्रै जन्मिने भएकाले व्यवस्थापनको समस्या पूरै हटेको छ । यस्ता बाच्छीबाट छिटो गर्भधारण गर्ने र दूध धेरै दिने विज्ञले बताएका छन् ।

नेपालको पोखरामा आफै वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको आचार्यले बताए । सो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । जसबाट बाँच्छी मात्रै जन्मने गर्दछ । वीर्यमा हुने एक्स क्रोमोजमले पुरुष र वाई क्रोमोजमले स्त्री जन्माउने गर्दछ । सामान्य अवस्थामा एक्स र वाई मिसिएर पुरुष र स्त्री लिंगी बराबर जन्मिन्छन् । आचार्यका अनुसार यस प्रविधिअन्तर्गत संकलित साँढेको वीर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । जसका कारण बाच्छी मात्रै जन्मिने गर्दछ ।

क्रोमोजम छुट्याउने प्रविधि निकै खर्चिलो हुने हुँदा विभागले पोखरामा मात्रै उपकरण जडान गरी वीर्य उत्पादन गर्ने तयारी गरिरहेको छ । होलस्टेन, जर्सी जस्ता गाईबाट जन्मिने बाच्छाको जुरो नहुँने हुँदा जोत्न नमिल्ने भएकाले यसलाई सडकमा छाड्ने गरेको पाइन्छ । नेपालमा गाईको संख्या ७२ लाख रहेको छ ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार १७:२७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...