back
NMB ad

गर्भावस्थामा नखानुहोस् यी फलफूल

Kumari bank ad

गर्भावस्था एक महिला र उनको भ्रुणको लागि निकै नाजुक अवस्था हो । त्यसकारण यदि तपाईं गर्भवती हुनुहुन्छ भने आफूले खाने प्रत्येक कुराको अतिरिक्त ध्यान दिन आवश्यक छ ।गर्भावस्थामा तपाईंको प्रतिरोधी क्षमतामा ह्रास ल्याइदिन्छ जसका कारण तपाईं र तपाईंको बच्चा ब्याक्टेरिया र भाइरसले सजिलै आक्रमण गर्न सक्छन् । गर्भावस्थामा केही यस्ता खानेकुरा छन् जसलाई खानबाट बच्नुपर्छ । आफ्नो बच्चा स्वस्थ र सुन्दर होस् भन्ने चाहनुहुन्छ भने गर्भावस्थामा खान नहुने खानेकुराबारे जानकारी दिईएको छ पढ्नुहोस् ।

मेवा :

गर्भावस्थामा मेवा खाने नखाने भन्ने बारे थाहा छैन भने यसको उत्तर हो ‘हुँदैन’ । मेवा खाँदा चाँडै प्रसव पीडा हुने र गर्भ तुहिने श्रीलङ्का, बंगलादेशसहित विभिन्न देशका महिलाले बताउँदै आएका छन् जुन आंशिक रुपमा वास्तविक हो । विशेषगरी काँचो र थोरै पाकेको मेवामा ल्याटेक्स नामको तत्व पाइन्छ जसले गर्भाशय संकुचन गराउने गर्दछ ।

मेवालाई विशेषगरी गर्भावस्थाको तेस्रो र अन्तिम त्रैमासिकमा खानु हुँदैन । यद्यपी, पाकेको मेवा गर्भावस्थामा उत्कृष्ट मानिन्छ । पूर्ण रुपमा पाकेको मेवा भिटामिन सी र अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले गर्भावस्थामा हुने मुटु पोल्ने र कब्जियतको समस्याबाट पार पाइन्छ । मेवा, मह र दुधको सम्मिश्रण स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक मानिन्छ ।

भुईंकटरः
भुईंकटर ब्रोमेलेन तत्व पाइन्छ जसले गर्भाशयलाई नरम बनाएर चाँडै ब्यथा लाग्ने बनाउँछ । यसलाई विशेषगरी पहिलो त्रैमासिकमा खानुहुँदैन । भुईंकटरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुन सहयोग गर्ने बताएका छन् । त्यसकारण गर्भवती हुँदा आफूलाई र आफन्तलाई भुँइकटर खानबाट जोगाउनुपर्छ ।

अंगुरः
केही स्वास्थ्य क्षेत्रमा लागेका विज्ञहरुले गर्भावस्थामा अंगुर खान नहुने बताउँछन् भने कतिले खान नहुने भनी सुझाउँछन् । अंगुरमा किराहरुले नखाओस् भन्नका लागि छरिने किटनाशक औषधी अत्यधिक प्रयोग हुने भएकाले धैरैले यसलाई नखान नै सल्लाह दिन्छन् ।

अंगुरमा पाइने रेस्भेरेट्रोल तत्वले गर्भवती महिलामा विषाक्त फैलाउने काम गर्दछ । तर गर्भावस्थामा अंगुर खाँदा आवश्यक पोषक तत्व जस्तै भिटामिन ‘ए’ र ‘सी’ पाउने गर्दछन् । त्यसकारण यो फल खानुभन्दा पहिले आफ्नो डाक्टरसँग खाने नखाने भन्ने बारे सल्लाह लिनुहोस् ।

राम्रोसँग नपखालिएका काँचो फलफूल :

एक गर्भवती महिलाका लागि सबैभन्दा महत्वपूर्ण सल्लाह भनेको राम्रोसँग नपखालिएका काँचो फलफूल नखाने । गर्भावस्थामा टोक्सोप्लास्मोसिसको संक्रमण नहोस् भन्नका लागि फलफूलको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । गर्भावस्थाको डाइटमा फलफूललाई विशेष स्थान दिनुपर्छ तर यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।आफूले खाने फलफुल राम्ररी पखालेर मात्र खानुपर्छ । गर्भावस्थामा केही जटिलता ननिम्तियोस् भन्नका लागि र्भुंइकटर र मेवा धेरै मात्रामा खानु हुँदैन ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार ११:३१ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...