back
NMB ad

बिबाहको खर्च कटाएर विद्यालयलाई सहयोग

Kumari bank ad

नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ११ का गोकर्णप्रसाद तिवारीले बिबाहमा खर्च हुने रकम कटाएर दुई लाख दुई हजार दुई सय दुई रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन ।

तिवारीले आफूले माध्यामिक शिक्षा हाँसिल गरेको नगरपालिकाको वडा नम्बर १० मा रहेको निरञ्जना उच्च माविका गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउन आफ्ना पिता स्वर्गीय होमनाथ तिवारीको नाममा अक्षय कोष स्थापना गरेका हुन ।

उक्त कोषको ब्याजबाट आउने रकमले एसईई परीक्षामा उत्कृष्ट ४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्रार्चाय शिवराज पाण्डेले जानकारी दिए । हाल अमेरिकामा रहदै आएका तिवारीले आफ्नो जन्मस्थानमा केही गरौं भन्ने भावनाले उक्त अक्षयकोष स्थापना गरी विद्यालयलाई सम्झिएकामा आफुलाई खुशी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले बताए ।

छोराले बिबाह खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै आमा अम्बिका तिवारीले अन्य छोराको पनि बिबाहको खर्च कटौती गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई पढ्नका लागि सहयोग पु¥याउने बताइन ।

तिवारी र उनकी श्रीमती विद्या खरेलले आगामी दिनमा पनि आफूहरुले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक कर्यक्रममा सहयोग गर्ने जानकारी गराए ।

२०७४ फागुन २१ गते प्रकाशित

वि.सं.२०७४ फागुन २१ सोमवार १५:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...