back
NMB ad

२ लाख ९४ हजार कित्ता आइपिओमा १ करोड २१ लाख कित्ताको आवेदन, कसरी हुन्छ बाँडफाँड ?

Kumari bank ad

काठमाडौ । आरम्भ माइक्रोफाइनान्को २ लाख ९४ हजार कित्ता आइपिओमा १ करोड २१ लाख कित्ताको लागि आवेदन परेको छ । माइक्रोफाइनान्सले फागुन २१ गतेसम्म निष्काशन गरेको साधारण सेयरमा ७ गुणा बढी आवेदकले माग गरेका छन् ।

कुल एक लाख ८९ हजार जनाले एक अर्ब २१ करोड रुपैयाँको सेयर माग भएकामा धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार गोलाप्रथाबाट १० कित्ता बाँडफाँड गर्दा २७ हजार ४८ जनाले सेयर प्राप्त गर्नेछन् ।

लघुवित्तको आईपिओमा आवेदन गर्ने बाँकी एक लाख ६१ हजार जनाको हात भने खाली हुनेछ । माइक्रोफाइनान्सले जारी पूँजीको ४९ प्रतिशत (२ लाख ९४ हजार कित्ता) आईपिओ निष्काशन गरेको हो ।

माइक्रोफाइनान्सले ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड गर्नेछ ।

सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेर पन्ध्र पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको आरम्भको आइपिओ बिक्रीपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

२०७४ फागुन २२ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २२ मंगलवार २१:४० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...