back
NMB ad

सुशासनको नयाँ अभ्यास लक्ष्यअघि नै सिँचाइ आयोजना सम्पन्न

Kumari bank ad

म्याग्दी । मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।

सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामार्फत गत आर्थिक वर्षदेखि सो आयोजना निर्माण शुरु गरेको थियो । आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सब डिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताए ।

“समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्यअघि नै काम सकिएको हो,” उनले भने ।

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । आयोजनामार्फत दुखुबेसीको २५ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

यसअघि कच्ची नहरबाट पानी ल्याएर सिँचाइ गरिँदै आएको थियो । नहरबाट पानी चुहिएर खेतबारीमा सिँचाइ गर्न पर्याप्त पानीको अभाव भएको थियो । पक्की नहर बनेपछि नरहमा पर्याप्त मात्रामा पानी आपूर्ति भएको र बाह्रै महिना खेतीबाली लगाउन पाएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताए ।

“सिँचाइ गर्न पालो पर्खनुपर्ने समस्या हटेको छ । पानी लगाउनका लागि सँधै हुने विवाद हटेको छ,” उनले भने ।सिँचाइ योजना सम्पन्न भएपछि खाद्यबालीको उत्पादन बढ्ने कृषकले अपेक्षा गरेका छन् । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने सम्भावना बढेको छ । मुख्य नहर बने पनि शाखा नहर र पाइपलाइन विस्तारको आवश्यकता देखिएको कृषकले बताएका छन् ।

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...