back
NMB ad

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित आइपिओमा छ गुणा बढी आवेदन

Kumari bank ad

काठमाडौँ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर आइपिओमा छ गुणा बढी आवेदन परेको छ ।कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु. छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिए । एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको प्रमुख कोइरालाले बताए ।

उनले भने भने “केही बैंक तथा वित्तीय संस्थाले अझै विवरण बुझाउन बाँकी रहेको भन्ने जानकारी आएको छ । केही संख्या अझै बढ्न सक्छ ।” कम्पनीले रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब ३३ करोड ४२ लाख हजार बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो ।

कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई रु २३ करोड ९४ लाख ७३ हजार ५०० बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।

रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो त्योअनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आइपिओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

आयोजनाका प्रमुख कोइरालाले भने सिआश्वा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको जानकारी दिए । रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार अर्ब १७ करोड २२ लाख ५३ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् ।

कम्पनीले सञ्चयकर्ताका लागि रु ७१ करोड १७ लाख ५० हजार बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा सात लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई रु १२ करोड ७७ लाख ५० हजार बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।

हालसम्म माथिल्लो साञ्जेनको ६८ प्रतिशत र साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । यस्तै रसुवागढी जलविद्युत् आयोजना सन् २०१८ को डिसेम्बरमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

२०७४ चैत १ गते प्रकाशित

वि.सं.२०७४ चैत १ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...