back
NMB ad

राष्ट्रिय ब्यापार मेला १० हजारले हेरे, १५ लाखको कारोवार (फोटो फिचर)

Kumari bank ad

परमेश्वर बर्तौला

हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोस्रो दिन शुक्रबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेका छन् । दोस्रो दिन करिब १५ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए ।

लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, रामचन्द्र काफ्ले, रविनकुमार चेपाङले सहभागी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

7

साना सवारीको आन्दोलनका कारण नगर आसपासका ग्रामीण भेगबाट उल्लेख्य दर्शकको सहभागिता नभए पनि नगर क्षेत्रका अवलोकनकर्ताहरुको भने राम्रो उपस्थिति थियो । साथै स्थानीय कलिउड कला केन्द्र, फ्युजन डान्स सेन्टर, तलेजु डान्स सेन्टर, सिर्जना कला केन्द्रका कलाकारहरुले विशेष सांगातिक प्रस्तुतीका साथमा नृत्य प्रस्तुत गरेका थिए ।

3

मेलामा चुरेहिल अस्पताल प्रालिले छाला तथा यौनरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जसमा ४३ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसैगरी युनियन ड्रग हाउसले पनि निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

4

मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्यान, चिडियाखानाका साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो ।

5

शनिबार आउने कलाकारहरु
१ हास्यकलाकार दिपकराज गिरी र दीपाश्री निरौला
३. गायिका मिलन अमात्य
४. लोकगायक बद्री पंगेनी
५. गायिका रमिता भण्डारी

8

2

वि.सं.२०७२ फागुन २२ शनिवार १०:३६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...