back
NMB ad

प्रधानमन्त्रीद्वारा राराबाटै देशबासीका निम्ति पहिलो सम्बोधन हुने, आखिर किन यसो गरिँदै छ ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने बताइएको छ ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ औं महाअधिवेशनको आज राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । “कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताए । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भने “यो सरकारले नेपाल बनाउँछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताए । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिए । “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”

प्रधानमन्त्री ओलीले महासंघले राष्टि«य राजनीतिमा ठुलो प्रभाव नपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताए । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने, उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ” प्रधानमन्त्री ओलीले भने “अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।”

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए । “यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउछु” प्रधानमन्त्री ओलीले भने “जिफन्टले पनि यस अभियानको तयारी गरोस । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।”

भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्धघोष गरेका छन् ।

२०७४ चैत १४ गते प्रकाशित

वि.सं.२०७४ चैत १४ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...