back
NMB ad

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो । कोलोराडोमा सकृय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरि २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३० जना भए पनि बिभिन्न कारणले गर्दा २० जनामात्र रक्तदान गर्न योग्य ठहरिएका थिए ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्मा, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, नेपाल अमेरिका साहित्य संगित प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महत, थ्रोन्टन सिष्टर गु्रपका संयोजक धन पौडेल, सरोज भुषाल, क्षितीज गुरुङ, विनीता वाग्ले, सुरेन्द्र महर्जन, सन्जु थापा, सुलेखा न्याछ्यो, रवी श्रेष्ठ , श्रीराम लुईटेल , लुना पौडेल, दिक्षा कार्कि, दिपक सुनुवार, ज्योती सुनुवार, शुरेसचन्द्र प्रधान, मोहनराज मीश्र र नातिबाबु भट्ट रहेका छन् ।

आयोजक संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल का अध्यक्ष बिनोद त्रीपाठीले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचान गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।

रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउं उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेले बताएका छन् । रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै बिगत लामो समय देखि ब्लड डोनर्स अफ अमेरीकाले रक्तदान गर्न अभिप्ररित गर्दै आएको र यसको अमेरिकामा २२ स्टेडमा शाखा बिस्तार भएको केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठले बताउछन् ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

२०७४ चैत १८ गते प्रकाशित

वि.सं.२०७४ चैत १८ आइतवार १०:२२ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...