back
NMB ad

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरणमा छलफल हुनुपर्ने : पूर्वमन्त्री थापा

Kumari bank ad

काठमाडौँ । पूर्व राजदूत डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियामा राजनीतिज्ञ थापाले नेपाली जनताको चाहना राष्ट्रलाई बलियो र समृद्ध बनाउने भएको हुँदा सोही जनादेशअनुसार वर्तमान सरकार निर्माण भएको बताए । उनले भने, “जनादेश नै आन्तरिक राज्य सञ्चालनको गोरेटो हो, नेपाली झुक्न तयार नभएको सन्देश सरकारले कूटनीतिक माध्यमबाट दिनुपर्छ ।”

पूर्व अर्थमन्त्रीसमेत हनुभएका थापाले पञ्चेश्वर परियोजना सञ्चालन गर्न १७ वर्ष अगाडि दस्तखत भएको भएपनि कार्यान्वयन अहिलेसम्म हुन नसकेको बताउँदै नेपालको हितमा रहेका विगतका केही योजना कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल मानव संशाधन निर्यात गरी वस्तु आयात गर्ने राष्ट्रका रुपमा विकास हुँदै गएकामा चिन्ता व्यक्त गर्दै थापाले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि समेत छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।

२०७४ चैत १९ गते प्रकशित

वि.सं.२०७४ चैत १९ सोमवार १६:३८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...