back
NMB ad

गोली हान्नेलाई ११ लाख दिइने सार्वजनिक सूचना जारी

Kumari bank ad

नयाँ दिल्ली । २ दिन अघि दिल्लीको तिहार जेलबाट रिहा भएका जवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमारलाई गोली हान्नेलाई ११ लाख भारु रुपैयाँ दिने उल्लेख गरिएका पोस्टर दिल्लीका सार्वजनिक स्थानमा भेटिएका छन्।

भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसले त्यस्ता पोस्टरहरु बस स्टप र मेट्रो रेल वे स्टेशनमा टाँसिएको जनाएको छ। पोष्टरमा कन्हैयालाई देशद्रोही उल्लेख गर्दै उनलाई गोली हान्नेलाई पूर्वाञ्चल सेनाको तर्फबाट ११ लाख रुपैयाँ दिने बताइएको छ।

पोस्टरमा पूर्वाञ्चल सेनाका तर्फबाट आदर्श शर्माको नाम र मोबाइल नम्बर उल्लेख गरिएको छ।

तिहार जेलबाट रिहा भएपछि कन्हैयाले जेएनयुमा दिएको भाषण अहिले चर्चित बनेको छ। सो भाषणमा उनले भारतको संविधानलाई आफूले सधैँ पालना गर्ने बताएका छन्।

दिल्ली प्रहरीले विश्वविद्यालय प्रशासनसँग कन्हैयाको बाहिर जाने कार्यक्रम भए पहिले नै जानकारी गराउन भनेको छ। साथै प्रहरीले पोस्टरमा नाम र नम्बर उल्लेख भएका शर्माको खोजी गरिरहेको पनि बताएको छ।
प्रकाशित : सेतोपाटी, २३ फागुन, २०७२, ११.००

वि.सं.२०७२ फागुन २३ आइतवार १२:११ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...