back
NMB ad

बढ्दो विद्युतीय दुर्घटना न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

Kumari bank ad

काठमाडौँ । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो ।

चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षासम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।

हावाहुरी, चट्याङजस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत् चोरी, जनचेतनाको अभाव जस्ता कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक रहेको बताउए ।

“यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दुर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्नेलगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्,” उनले भने – “यसमा विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नु पर्छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा अनिवार्य भएको उल्लेख गर्दै मन्त्री पुनले विकसित नवीनतम तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत् प्रयोग गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत् बरदान भए पनि यसमाथि गरिने सानो लापर्वाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनुपर्ने बताए । उनले भने, “कतिपय अवस्थामा सेवा प्रदायकका हिसाबले सुरक्षामा ध्यान नदिएर हामीबाटै लापर्वाही भएको छ । सुरक्षामा कसैले खेलबाड नगरौँ ।”

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताए । “दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्तिबापत प्राधिकरणलाई बाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ,” घिसिङले भने, “सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था सुधार गर्ने अभियान पनि हो ।”

विद्युत् सेवाको तीन स्तम्भका रुपमा रहेका विद्युत् सुरक्षा, गुणस्तरीय सामानको प्रयोग एवं किफायती उपयोग र चुहावट नियन्त्रण कार्यको उपभोक्तामा बढीभन्दा बढी सचेतना र जागरुकता सञ्चार गर्न विद्युतीय सुरक्षा दिवस मनाउने गरिएको छ ।

यसअघि, विद्युतीय सुरक्षाका विषयमा जानकारी दिन आयोजना गरिएको ¥याली प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कबाट शुरु भई भद्रकाली, सुन्धारा, न्यूरोड गेट, हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको संयुक्त आयोजनामा गत वर्षदेखि विद्युतीय दुर्घटनाबारे जनचेतना दिन हरेक वर्ष २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउने गरिएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...