back
NMB ad

अब चाँडै रेल सेवा सञ्चालन हुन्छ, ‘आउँदा भरिएर आउने जाँदा रित्तै जानु हुँदैन’ भर्ने तयारी थाल्नुस : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यवसाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बतउनुभएको छ ।

नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको आज उद्घाटन गर्नु हँुदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नु भयो “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धि तर्फ केन्द्रित गर्नु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । “अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रक्सौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका लागि निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।”

प्रधानमन्त्री ओलीले आगामी दुई बर्ष भित्र उद्योगलाई चाहिनेजति विद्यतु दिन सरकार सक्षम हुने बताउनु भएको छ । “अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी दुई बर्ष भित्र उद्योगलाई चाहिनेजति बिजुली उपलब्ध गराउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भएको छ । निजीक्षेत्रका समस्याहरुलाई सुचिकृत गरेर सरकारलाई पेश गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुका जायज समस्या समाधान गर्न सरकार सदैव तयार छ ।”

२०७४ चैत २८ गते प्रकाशित

वि.सं.२०७४ चैत २८ बुधवार २०:२७ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...