back
NMB ad

६८ जिल्लामा सञ्जाल विस्तार गर्दै साना किसान बिकास बैंक

Kumari bank ad

काठमाडौँ । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी रु ६३ करोड पु¥याउने योजना छ ।

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ ।

बैंकका उपकार्यकारी प्रमुख अधिकृत डा. शिवराम कोइरालाले अहिलेसम्म करीब ७०० कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताए ।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार १०:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...