back
NMB ad

‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज नहुनेः अर्थमन्त्री

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ खारेज नहुने संकेत गर्नुभएको छ । काठमाडौंमा आयोजित पूर्वबजेटसम्बन्धी कार्यक्रममा डा. खिमलाल देवकोटाले निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम बन्द गर्न सुझाउनुभएको थियो । तर, खतिवडाले आफूले चाहेर मात्र यो सम्भव नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘डा. देवकोटाले निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम बन्द गर्नुस् भनेर लेखेर दिएर मैले बन्द गर्न सक्ने भए खुसी त म पनि हुन्थेँ । यसमा गहन छलफल गर्दैछौं ।’ यो हाल ३ करोड छ । तर, २४० निर्वाचन क्षेत्र १६५ मा घटेपछि सांसदहरुले १० करोड बनाउन माग गरेका छन् ।

अर्थमन्त्री खतिवडाले नयाँ बजेटले सबै क्षेत्रलाई समेटने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृतिम तथ्यांकहरु राखेर बजेट बनाउँदिनँ । संसददेखि जनतासम्म सन्देश जानु पर्ने भएकाले ट्याक्टफूल पनि हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनपर्ने बताउनुभयो। आयातित बस्तुहरुको बढदो आकर्षणलाई घटाउँदै लैजानुपर्नेमा उहाँको जोड छ ।

२०७५ बैशाख १३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १३ बिहीवार १६:५९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...