back
NMB ad

ग्यास्ट्रिक छ ? नखानुस् यस्ता खाना

Kumari bank ad

नेपालीमा ग्यास्ट्रिकका रूपमा प्रचलित भए पनि यस्तो समस्याको खास नाम ग्यास्ट्राइटिस हो । जसको अर्थ पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन : ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पुर्याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

नयाँ पत्रिका
२०७५ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २३ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...