back
NMB ad

यी हुन पथ प्रर्दशक हुन नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर सिआइबीको फन्दामा पर्नेहरु

Kumari bank ad

काठमाडौं । पर्यटक पथ प्रदर्श (टुरिष्ट गाइड) को अनुमती लिन नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाईनिज भाषाको पर्यटक पथ प्रदर्शक अनुमतिपत्र लिई टुरिस्ट गाईडको रूपमा कार्य गर्दै आएका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहिबार प्रदर्शनी मार्गस्थित पर्यटन विभागको कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ ।

नेपाल सरकारको पर्यटक पथ प्रर्दशक हुन स्नातक तह पास गर्नु पर्ने र बिदेशी भाषामा पोख्त हुनु पर्ने प्रावधान छ । तर केहि मानिसहरूले विगत केही समयदेखि स्नातक तह पास गरेको नक्कली सर्टिफिकेट पेश गरी पर्यटक पथ प्रदर्शक प्रमाण पत्र बनाई गैर कानूनी तवरले कार्य गर्दै आईरहेका छन् भन्ने बिषेश सूचनाको आधारमा अनुसन्धान एवं खोजतलास गर्दै जाँदा स्नातक तह पास गरेको नक्कली सर्टिफिकेट पेश गरी नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानबाट चाईनिज भाषाको पर्यटक पथ प्रदर्शक अनुमतिपत्र लिई टुरिस्ट गाईडको रूपमा कार्य गर्दै आएको भेटिएपछि पक्राउ गरिएको प्रहरीको दावी छ ।

पक्राउ परेकाहरुमाथि काठमाण्डौ जिल्ला अदालत काठमाण्डौबाट सरकारी छाप दस्तखत कीर्ते ऐन अन्तर्गतको मुद्धामा म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिहरूको विवरणस् :

१। १। नाम थरस्( अनिल महर्जन
ठेगानास्( का।जि। का।म ।न।पा वडा नं। २६ सामाखुशी
उमेर : २६ बर्ष २०४८/०३/२७ गते)
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति  (१५ सेप्टेम्वर २०१४)

२। २। नाम थर : रमेश महर्जन
ठेगाना : का।जि। का।म ।न।पा वडा नं। १ जमल
उमेर : ३५ बर्ष २०४१/११/२८ गते
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति : ८ डिसेम्वर २०१३

३। ३। नाम थर : राजिब महर्जन
ठेगाना : ललितपुर जिल्ला म।न।पा। वडा नं। ७ सुन्धारा
उमेर : ३१ बर्ष २०४३/०८/१२ गते
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति : ८ डिसेम्वर २०१३

४। ४। नाम थर : अमृत डंगोल
ठेगाना : ललितपुर म।न।पा। वडा नं। २६ सुनाकोठी
उमेर : ३१ बर्ष २०४५/०३/१६ गते
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति : ८ डिसेम्वर २०१३

५। ५। नाम थर : किशोर चौगुठी
ठेगाना : भक्तपुर जिल्ला वडा नं। १०वंशगोपाल बस्ने
उमेर : ३४ बर्ष २०४१/०५/१६ गते
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति : ७ अक्टोवर २०१३

६। ६। नाम थर : माधव चालिसे
ठेगाना : भक्तपुर जिल्ला वडा नं। ०५कटुन्जे
उमेर : ४३ बर्ष २०३२/१२/३० गते
पेशा : चाईनिज टुरिस्ट गाईड
पर्यटक पथ प्रदर्शक अनुमतिपत्र प्राप्त मिति १८ सेप्टेम्वर २००९

२०७५ असार ८ गते प्रकाशित

वि.सं.२०७५ असार ८ शुक्रवार २२:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...