back
NMB ad

चिनियाँ जोडीलाई चाहेजति सन्तान जन्माउन पाउने अनुमति छैन

Kumari bank ad

काठमाण्डौं । चिनियाँ जोडीले चाहेजति सन्तान जन्माउन दिने कानुन बनाउने सरकारको योजना तत्कालै नभएको चीनका स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् ।

चीनले एक बच्चा नीतिमा परिवर्तन गर्दै सन् २०१६ को जनवरी १६ देखि एक जोडीले दुई सन्तान जन्माउन चाहेमा यसलाई कानुनी रुपमा कुनै व्यवधान सिर्जना नगरिने गरी व्यवस्था गरेको छ ।

यसअघि चीनको शहरी इलाकामा बसोबास गर्ने हरेक जोडीले एक बच्चाभन्दा बढी बच्चा जन्माउन नपाउने ब्यबस्था गर्दै आइको थियो ।

पछिल्लो समय चीनको एक बच्चा नीतिका कारण यहाँको जनसङ्ख्यामा अनपेक्षित रुपमा कमी हुन थालेपछि दीर्घकालीन असरबारे विचार गर्दै दुई बच्चा जन्माउन पाउने कानुनको व्यवस्था गरेको हो ।

गएको वर्षको अन्त्यसम्म चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड ५० लाख पुगेको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका निर्देशक ली बिनले बताए ।

हामीले परिवार नियोजन नीतिमा परिवर्तन गर्ने कुनै विशेष समयतालिकाबारे सोचिसकेका छैनौँ, लीले चीनको संसदको वार्षिक बैठकका अवसरमा गरिएको पत्रकार सम्मेलनका क्रममा बताए।

प्रकाशितः २०७२ फाल्गुन २६

वि.सं.२०७२ फागुन २६ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...