back
NMB ad

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

Kumari bank ad

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आवमा सोही अवधिमा रु तीन अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४/७५ मा रु १० अर्ब १८ करोड २७ लाख दुई हजार राजश्व असुली भएको छ । आव २०७३/७४ मा रु छ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व असुली भएको थियो । अघिल्लो आवको तुलनामा आव २०७४/७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

वर्तमान सरकारले मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफैंले गरेको सुधारात्मक कार्य तथा पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिका कारण राजश्व असुलीमा वृद्धि भएको अर्याल बताउनुहुन्छ । आव २०७४/७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजश्व असुली गरेको छ । यस भन्सारबाट दैनिक औसत रु तीन करोड राजश्व असुली हुँदै आएको छ ।

२०७५ साउन ८ गते प्रकाशित

वि.सं.२०७५ साउन ८ मंगलवार १७:५१ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...