back
NMB ad

काठमाडौँ महानगरपालिकाले एकाउन्न प्रतिशत राजश्व असुल

Kumari bank ad

काठमाडौँ, । आर्थिक वर्ष २०७४\७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

महानगरपालिकाले गत आर्थिक बर्षमा रु १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा रु पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ । घरबहाल करतर्फ रु ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ रु रु १०\१० करोड राजश्व असुल गरेको छ ।

महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गका अनुसार सबैभन्दा कम सव–वे करतर्फ रु ५४ हजार असुल गरिएको छ । आव २०७३\७४ मा रु दुई अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा रु दुई अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको प्रधानाङ्गले बताउनुभयो । अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकमसमेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उहाँको भनाइ छ ।

“अघिल्लो आवमा एउटै संस्थाले रु ३० करोडसम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था रहेन,” प्रमुख प्रधानाङ्गले भन्नुभयो । महानगरपालिकाले बसपार्क सेवा शुल्क रु ५० लाख असुल गर्ने लक्ष्य लिएकामा रु ४० लाख संकलन भएको छ । सवारी करतर्फ रु दुई करोड लक्ष्य लिएकामा रु ३१ लाख नौ हजार मात्र असुल गरेको छ । मालपोत कर भने रु १० करोड लक्ष्य लिएकामा रु ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले जनाएको छ । रासस

                                                                                                               २०७५, साउन २० गते प्रकाशित 

वि.सं.२०७५ साउन २० आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...