back
NMB ad

औषधिको चरम अभाव कायमै

Kumari bank ad

तौलिहवा । नाकाबन्दी हटे पनि कपिलवस्तुका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव कायमै छ ।

सिटामोल, आइरन चक्की, कुष्टरोग र क्षयरोगको सीमित औषधि मात्र स्वास्थ्य संस्थामा रहेको छ । त्यो पनि केही दिन मै सिद्धिदै छ । अत्यावश्यक जीवनजल, डाइजिन एन्टीबाइटीक, मेट्रो, कोट्रिन औषधि सकिएको पनि धेरै समय भयो ।

लामो समयदेखि औषधि अभाव भएका बेला स्वास्थ्य संस्थामा आपूर्ति नहुँदा सरकारी अस्पताल, प्राथमिक उपचार केन्द्र, स्वास्थ्य चौकीलगायतका सरकारी स्वास्थ्य संस्था अहिले औषधिबिहीन बनेका हुन् । स्वास्थ्य संस्थामा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।

औषधि नपाएपछि उनीहरु निराश बनेर फर्कन बाध्य छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि आपुर्ति गर्ने जिल्ला स्वास्थ्य कार्यालयमा समेत औषधिको मौज्दात सकिएको छ । जसले गर्दा स्वास्थ्य संस्थामा औषधिको आपूर्तिसमेत बन्द भएको स्वास्थ्य कार्यालयको स्टोर फाटले जनाएको छ ।

लामो समयको बन्दले गर्दा केन्द्रिय र क्षेत्रीय मेडिकलले औषधिको आपूर्ति नगरेकोले जिल्लामा औषधिको चरम अभाव नहटेको स्टोरकिपर मेघनाथ खनालले बताए । बन्दले गर्दा चालु आर्थिक वर्षको औषधि खरिद सम्बन्धी टेण्डर प्रकृयासमेत ढिलो भएकोले समेत जटिलता थपिएको उनको भनाइ छ ।

औषधि नहुँदा जिल्लाका तीन सरकारी अस्पताल, दुई प्राथमिक उपचार केन्द्र, छ दर्जन बढी स्वास्थ्य चौकीमा उपचारमा समस्या आएको स्वास्थ्य कार्यालयले जनाएको छ । गर्मीको मौसम सुरु भएकाले झाडापखाला, ज्वरो, आँखाका बिरामी स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन् ।

वि.सं.२०७२ फागुन २७ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...