back
NMB ad

चोरीको गाडीसहित १० लाख बढीको सामान नियन्त्रणमा

Kumari bank ad

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना४च ४३३२ र ना४च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्सापतैली–५ बाट नियन्त्रणमा लिएको हो ।

प्रहरीको गस्ती टोलीले चोरीको दुई पिकअपमा ३६ बोरा ५० किलोको दरले प्याज समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । यसरी प्रहरीले बरामद गरेको दुई चोरीका पिकअप र भन्सार छली ल्याएको ३६ बोरा प्याज गरी रु १० लाख १८ हजार मूल्य बराबरको सबै सामान आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०७५ भदौ ७ गते प्रकाशित

वि.सं.२०७५ भदौ ७ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१२

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय...

३८ लाख नेपालीले खान्छन् भत्ता

३८ लाख नेपालीले खान्छन् भत्ता

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०१

काठमाडौँ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको...

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...