back
NMB ad

काठमाडौंमा २ अर्वको लगानीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ बन्ने

Kumari bank ad

काठमाडौं । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो ।

वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् ।  उनले भने,‘हाम्रो समूहले लामो समय र मेहनतपछि यो काम गर्नेमा पुगेका हौं, घट्स्थापनाको दिन शिलान्यास गरेर तीन वर्षपछि दशैको दिनमा स्काईवाकको उद्घाटन गर्नेछौं ।’

उनले अघि थपे,‘मुलकका धेरै स्थानहरु अवलोकन गर्यौं तर राजधानी भन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन, त्यसैले राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा बन्नेछ, लागत २ सय करोड लाग्ने छ ।’ सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै प्रा.ली.का अध्यक्ष पोखरेलले भने,‘यस कार्यका लागि सरकारी तवरबाट राम्रो सहयोग पाएका छौं, अन्य क्षेत्रबाट पनि हामीले साथ पाएका छौं, तीन वर्षभित्र निर्माण कार्य पूरा हुन्छ, २३ वर्षको लागि जग्गा लिजमा लिईसकेका छौं, यस स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने हामीले अपेक्षा लिएका छौं।’

त्यस्तै कार्यक्रममा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले बिदेशबाट स्वदेश फर्केका यूवाहरुले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताए । विदेश पुगेरपनि स्वदेशमा केही गर्नुपर्छ भन्ने यूवाहरुलाई साथ दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाई छ । उनले भने,‘देख्दा भर्खरकै यूवाजस्ता लागेपनि अनुभव र ज्ञान विशाल छ, हाम्रो टोलीको गहन अध्ययन र मुलुकलाई चिनाउने अर्को एक प्रयासलाई समयमै निर्माण गरेर देखाउनेमा हामी प्रतिवद्ध छौं ।’

उनले अघि थपे,‘राष्ट्रको गौरवशाली आयोजनामध्ये योपनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्तपनि उक्तिकै छौं ।’वन्डर्स नेपालका संस्थापकहरुमा आकर्षण पोखरेलसहित लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, गजेन्द्र थपलिया, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी रहेका छन् ।

२०७५ भदौ ८ गते प्रकाशित

वि.सं.२०७५ भदौ ८ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...