back
NMB ad

किसानहरुलाई अर्गानिक खाद्यबस्तु उत्पादनमा लाग्न सांसद महतको आग्रह

Kumari bank ad

कावासोती । किसानहरुले अर्गानिक खाद्यबस्तु उत्पादनमा ध्यानदिनुपर्ने नवलपुर —२ बाट निर्वाचित सांसद तिलक महतले बताउनुभएको छ । मान्छेमा रोगहरु देखिन थालेका छन् त्यो खानपानका कारण हुने गरेको हो त्यसलै खाद्यबस्तु उत्पादन हुने माटोलाई पनि सही तरिकाले उपयोग गर्नुपर्छ सांसद महतले भन्नुभयो —‘ रासायनिक मलको प्रयोगले माटो जेष्ठ बन्दै गएको छ त्यसले उत्पादन समेत कम हुदै गयो ’ ।

साना किसान सहकारी संस्था लिमिटेड कावासोती —१७ र मातृभूमी कृषि उद्योग भरतपुरको आयोजनामा नवलपुरका अगुवा किसानहरुको लागि सञ्चालित अत्याधिक रसायनिक मलको न्यूनिकरण साथै माटो बाली र बिसादी सम्बन्धि चार दिने प्राबिधिक तालिमको समापन समारोहमा बोल्दै सांसद महतले भन्नुभयो —‘प्रत्येक वडामा माटो उपचारको लागि अभियान थाल्नुपर्छ ’ । माटोको उपचारका लागि चाहिने औषधिका लागि लाग्ने खर्च स्थानीय तहले वडा वडामा उपलब्ध गराउनुपर्ने उहाँले बताउनु भयो ।

तालिमले गाउँ गाउँमा माटोको ज्ञान पाएका प्राबिधिकहरु हुनुभयो अव गाउँको माटो उर्वर बनाउन लाग्नुहोस् , माटोमा उत्पादन क्षमता भएन भने त्यसको उपचार जरुरी छ त्यसैले वडाध्यक्षहरुले आफ्नो टोल र वडालाई अर्गानिक गाउँ बनाउन लाग्नु पर्छ । अर्गानिक उत्पादनले मात्र मानव शरिरलाई स्वास्थ्थ राख्नसक्ने बताएकाले अर्गानिक उत्पादनमा जोड दिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक बिष्णुप्रसाद चापागाईले माटो परिक्षण विना किसानहरुलाई अनुदान उपलब्ध गराउन नहुने सुझाव दिनुभयो । अमृत खानपानले सुद्धि आउछ विषादी खादा रोगी भइन्छ चापागाईले भन्नुभयो—‘अव माटोको उपचार अनी अर्गानिक खेती गरिनुपर्छ ’।

२०७५ भदौ २३ गते प्रकाशित

वि.सं.२०७५ भदौ २२ शुक्रवार १३:०२ मा प्रकाशित

You can share this post!

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...