back
NMB ad

टनेलमा तरकारीखेती बाट मनग्य आम्दानी

Kumari bank ad

मेलम्ची, । मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गर्नुभयो । व्यावसायिक रुपमा गोलभेँडा खेती गर्नुभएका गिरीले यस वर्ष चार टनेल थप्नुभयो । उहाँले गोलभेँडा प्रतिकिलो रु ५० मा बिक्री गर्दै आउनुभएको छ ।

टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उहाँले दुई वर्षमा रु ४९ हजार नाफा कमाउनुभयो । टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा झण्डै १० गुणा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । “टनेलमा पहिलो पटक तरकारी खेती गरेको हुँ । एउटा याममा खर्च कटाएर रु २० हजार नाफा भयो,” गिरीले भन्नुभयो ।

पचास प्रतिशत अनुदानमा चार टनेलका लागि प्लास्टिक खरीद गरी गिरीले पाँचै टनेलमा थोपा सिँचाइ सेट जडान गर्नुभएको छ । जिल्ला कृषि विकास कार्यालयले दुई तथा केयर नेपाल र आत्मनर्भर केन्द्रको जीविकोपार्जन सुपर परियोजनाले दुई टनेलका लागि प्लास्टिक ५० प्रतिशत अनुदानमा किनेको गिरीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “टनेलमा थोपा सिँचाइमार्फत खेती गर्दा थोरै पानीले सिँचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइने र उत्पादन पनि दशौँ गुणा बढ्ने रहेछ ।” केउरानीमै कृषिउपज सङ्कलन केन्द्र भएकाले बजारको समस्या छैन ।

विसं २०७३ मा पहिलो पटक गोलभेँडाबाट रु १८ हजार नाफा लिएको गिरी बताउनुहुन्छ । संस्थाले निःशुल्करुपमा तरकारीको बीउ, टनेल निर्माणका लागि प्लास्टिक, केही कृषि औजार, थोपा सिँचाइ सेट र व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम उपलब्ध गराएपछि तरकारी खेती गर्न सहज भएको हो ।

जिल्लामा गोलभेँडा खेतीमा गिरीसँगै ४०० भन्दा बढी किसान आबद्ध छन् । बीउबिजन तथा सामग्री सहयोग पाएपछि किसान तरकारी खेती गर्न उत्प्रेरित भएका छन् । टनेल वरपरको जग्गामा अलैँची, भेडे खुर्सानी, भण्टाका साथै किबी, अनार, कागती, अलैँची, जुनार, नास्पातीलगायतका फलफूलसमेत किसानले लगाउने गरेका छन् ।

२०७५ असोज ३ गते प्रकाशित

वि.सं.२०७५ असोज ३ बुधवार १६:४४ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...