back
NMB ad

बैंकहरुले गर्न थाले आक्रमक लगानी, राष्ट्र बैंकलाई भने तरलता अभाव हुने चिन्ता

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले आक्रमक रुपमा लगानी गर्न थालेपछि राष्ट्र बैंकलाई गत वर्ष जस्तै यस वर्ष पनि लगानीयोग्य रकम (तरलता) अभाव हुने हो कि भन्ने चिन्ता थपिएको छ । चालु आर्थिक वर्षको दुई महिनामै वाणिज्य बैंकहरुले मात्रै ५१ अर्ब लगानी गरेका छन् । यो रकम सर्वसाधारण र संघ संस्थाले दुई महिनामा बैंकहरुमा राखेको पैसा (निक्षेप)को तुलनामा ज्यादै बढी हो ।

निक्षेप बैंकमा कम संकलन हुने तर, लगानी अत्याधिक हुने जुन परिपाटी छ । त्यसले बैंकिङ प्रणालीमा नै असर पार्ने भएकाले राष्ट्र बैंक चिन्तित देखिएको हो । गत वर्षपनि बैंकहरुले अन्धधुन्द लगानी गरेका कारण तरलता अभाव भएको निष्कर्ष राष्ट्र बैंकले निकालेको थियो । त्यसबेला राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आकक्रम रुपमा लगानी नगर्न चेतावनी दिएको थियो । अहिले पनि राष्ट्र बैंकले बैंकलाई त्यस्तै चेतवनी दिने सम्भावना बढेको छ । नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार बैंकहरुले २४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन्। भने २१ खर्ब ६१ अर्ब लगानी गरेका छन्।

सरकारले गत आर्थिक वर्षको अन्त्यमा खर्च गरेको पैसा पुँजी बैंकिङ प्रणालीमा आएकाले बैंकहरुलाई लगानी बढाउन सहज भएको हो । दसै र तिहार नजिकिएकाले पनि केही मात्रमा बढी रेमिटेन्स बढने अनुमान गरिएको छ । यसले पनि बैंकिङ प्रणालीमा थप पैसा आउने अनुमान गरिएको छ । दसैंमा रेमिटेन्स अन्य महिनाको तुलनामा बढी आउने भएकाले पनि तरलताको अभाव तत्काल नहुने नेपाल राष्ट्र बैंकको भनाइ छ । दसैं र तिहारपछि बैंकहरुले लगानी अझै बढाउने गर्दछन् । यसले गर्दा पनि बैंकहरुलाई लगानीयोग्य पुँजी थप आवश्यक पर्छ । त्यतिवेला उच्च ब्याजदरमा सर्वसाधारण तथा संघ संस्थाबाट रकम तान्ने कोसिस बैंकहरुले गर्छन् ।

यसरी संकलन हुने रकमका साथै विदेशबाट भित्रिने रेमिटेन्सले मात्र लगानीयोग्य रकमको समस्या समाधान गर्न नसक्ने विज्ञको भनाइ छ । अहिले पनि बैंकहरुले मुद्दती बचतमा ११ प्रतिशतसम्म ब्याज दिएर पनि निक्षेप संकलन गरिरहेका छन् । त्यसरी संकलन गरेको निक्षेपलाई बैंकहरुले १६ प्रतिशतसम्ममा ऋण लगानी गरेका छन् । उच्च ब्याजदरमा निक्षेप संकलन गरेका कारण कर्जाको ब्याजदर बैंकहरुले खासै घटाउन सकिरहेका छैनन् ।

२०७५ असोज ४ गते प्रकाशित

वि.सं.२०७५ असोज ४ बिहीवार ०९:४८ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...