back
NMB ad

चार लाख नेपाली कतारमा, वार्षिक २ खर्ब रेमिट्यान्स नेपाल आउने

Kumari bank ad

काठमाडौं । नेपालका लागि कतारका राजदुत युसुफ विन अल हेलले नेपालको कतारसँगको ब्यापार घाटालाई कम गर्न कतारले आगामी दिनमा थप पहल गर्ने कुरा बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा बुधबार आयोजना गरेको ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले कतार–नेपाल सम्बन्धको महत्वबारे जोड दिदै भन्नुभयो, “चार लाख भन्दा बढी नेपाली कतारमा श्रम गरिरहेको र जसबाट हरेक बर्ष करिब २ खर्ब नेपाली रुपैयाँ नेपाल भित्र्याएर नेपालको अर्थतन्त्रमा टेवा पुर्याइरहेको अवस्था छ । नेपाल र कतारबिच ’कतार ऐयर वेज’ को प्रतिदिन हुने ५ वटा उडानले दुइ देशको कनेक्टिभीटीको अवस्थालाई जनाउछ भने कतारले नेपालसँग आगामी दिनमा कृषि र लगानी संरक्षण सम्बन्धि सम्झौता गर्ने कुरालाई ध्यानमा राखेको छ ।“

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र कतार दुवै देशहरु प्राकृतिक श्रोतमा धनि भएको र ब्यापार, पर्यटन, कृषि तथा मानबिय श्रोतको परिचालन र आपसी सहकार्यमा प्रचुर सम्भावना र अवसर रहेकोले त्यसको सदुपयोग गर्ने बेला आएको बताउनुभएको छ । नेपाल–कतार ब्यापारलाई सन्तुलनमा ल्याउने कुरा मुख्य प्राथमिकताको बिषय भएको र सोहि अनुसार कृषि, पर्यटन र उद्योगमा कतारबाट नेपालमा भैरहेको लगानीमा बृद्धि हुनुपर्ने उहाँको धारणा थियो ।

नेपालमा स्थिर सरकार बनेको र वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन गम्भीर देखिएकोले कतारका लगानी कर्ताहरुले नेपालमा लगानी बढाउने सहि समय आएको कुरा समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा पर्यटन, लगानी र श्रमको बिषयमा क्रमश नेपाल होटल संघका महासचिव विनायक शाह, चेम्बरकै अर्का उपाध्यक्ष नरेश श्रेष्ठ र बैदेशिक रोजगार बिभागका शाखा अधिकृत रन्जन प्रसाद तिमिल्सैना ले छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु सहित चेम्बरसँग आबद्द करिव ८० जना भन्दा धेरैको उपस्थिति थियो ।

२०७५ असोज १८ गते प्रकाशित

वि.सं.२०७५ असोज १८ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...