back
NMB ad

सामाजिक उत्तरदायित्व पुरा गर्दै यसरी मनायो सिभिल बैंकले आठौं वार्षिकोत्सव

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले विविध कार्यक्रम गरी आफ्नो आठौं वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा सोमबार बैंकले पशुपतीनाथ मन्दिर परिसरमा बृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको छ ।

विहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडिएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष ई. इच्छा राज तामाङले गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि पशुपतिक्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हुनुहुन्थ्यो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपतिक्षेत्र बिकास कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायत पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीति अनुरुप आजको बृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा बृक्ष रोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजलर संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

उक्त कार्यक्रममा पशुपतिक्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी रुखहरुलाई ५ वर्षसम्म हुर्काई आपैm सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहनीय रहेको कुरा बताउनुभयो ।

बैंकले पाशुपत क्षेत्र जस्तो देवभुमिमा बृक्षारोपण जस्तो पावन कार्यगर्न पाउँदा खुशी लागेको कुरा बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले बताउनुभयो ।

बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानकार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको कुरा बंैकले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७० रहेको छ ।

२०७५ मंसिर १० गते प्रकाशित

वि.सं.२०७५ मंसिर १० सोमवार २१:०८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...