back
NMB ad

कृषि विकास बैंकको बाह्रौ वार्षिक साधरण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंक लि.को वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा शुक्रबार सम्पन्न भयो । बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंकको बाह्रौं बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

बैंकका करिव २ लाख ५० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप चुक्ता पुँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायज्यूले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु विष्णुप्रसाद नेपाल, डा.योगेन्द्रकुमार कार्की, मनोज बस्नेत, घनश्याम अवस्थी, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साथै कृषि विकास बैंक लि.को संचालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट ३ (तिन) जना संचालक सदस्य क्रमशः संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको घोषण प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) टीकाराम भट्राईले गर्नु भएको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले गर्नु भएको थियो ।

२०७५ चैत १७ गते प्रकाशित

वि.सं.२०७५ चैत १७ आइतवार ०९:०१ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...