back
NMB ad

लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णालीको पिडिए सूचना आयोगको निर्देशनमा सार्वजनिक

Kumari bank ad

काठमाडौं । व्यावसायिक कारोबारको कागजात भन्दै लगानी बोर्डले सार्वजनिक नगरेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) राष्ट्रिय सूचना आयोगको निर्देशनमा आज सार्वजनिक गरिएको छ ।

जलस्रोत क्षेत्रका जानकार रतन भण्डारीले उक्त पिडिए उपलब्ध गराइदिन लगानी बोर्डलाई आग्रह गर्नु भए पनि व्यापारिक विषय भन्दै उपलब्ध गराउन मानेको थिएन । माथिल्लो कर्णालीको पिडिए सार्वजनिक सरोकारको विषय भन्दै भण्डारीले २०७१ कात्तिक १८ गते बोर्डमा निवेदन दिएका थिए ।

बोर्डको निर्णय विरुद्ध भण्डारीले राष्ट्रिय सूचना आयोगमा २०७१ माघ ६ गते पुनरावेदन दर्ता गराएका थिए । आयोगले सरकार, लगानी बोर्डको कार्यालयका नाममा २०७२ भदौ १६ गते पिडिए सार्वजनिक विषय भएकाले सार्वजनिक गर्न आदेश दिएपछि भण्डारीले आज उक्त सम्झौता प्राप्त गरेका हुन् ।

भण्डारीकाअनुसार आयोजना नेपालमा सञ्चालन हुने भए पनि अन्तर्राष्ट्रिय कानुन आर्कषित हुने, आयोजनामा बन्द हड्ताल तथा प्राकृतिक विपद् भए पनि त्यसको क्षतिपूर्ति नेपाल सरकारले तिर्नुपर्ने, आयोजनाको विषयमा स्थानीय क्षेत्रमा अनावश्यक माग, धर्ना विरोध गर्न नपाइनेलगायत विषय राष्ट्रहित विपरीत रहेको छ ।

बोर्ड र भारतीय कम्पनी गान्धी माल्लिकार्जन राव (जिएमआर)सँग २०७१ साल असोज ३ गते पिडिए भएको थियो । पिडिएमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र जिएमआरका अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा सेसानले हस्ताक्षर गरेका थिए ।

पिडिए सम्पन्न भएको छ महिनाभित्र सिँचाइ तथा अन्य प्रभावका विषयमा अध्ययन सम्पन्न गर्ने जनाइए पनि ती काम हालसम्म अगाडि बढेका छैनन् ।

वि.सं.२०७२ चैत १ सोमवार १९:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...