back
NMB ad

हरेक बर्ष २८ मेट्रिकटन, २ करोड ५० लाखको धूलो दूध भारतबाट आयात हुँदै

Kumari bank ad

काठमाडौ । हरेक बर्ष असोज महिनादेखि फागुन महिनासम्म किसानहरुले उत्पादन गरेको दूधलाई सहज बजारीकरण गर्न नसक्दा मिल्क होलिडे हुने गरेकाले किसानहरु दूध उत्पादन क्षेत्रबाट नै पलायन हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् ।

पशुपंक्षी विकास मन्त्री, राज्य मन्त्री र सचिव समेतको उपस्थितिमा दूध उत्पादन गर्ने किसानहरु पलायन भईरहेको त्यसलाई रोक्न मन्त्रालयले तत्काल उपाय अवलम्वन नगरे केही बर्षभित्रै मुलुकमा दूध उत्पादनमा कमी आई दूधको अभाव हुन सक्ने बताए ।

असोजदेखि फागुनसम्म मिल्क होलिडेको अवस्था आउने र फागुनदेखि असारसम्म दूध उत्पादन कमी हुने हुनाले किसानहरु विस्तारै पेशाबाट पलायन हुन लागिरहेको बताइएको छ । अहिले डेरी उद्योगहरुलाई दूध अभाव भएको भन्दै वाध्यभएर भारतबाट धूलो दूध ल्याउनु परेको उद्योगीहरुले बताएका छन् ।

दूध उद्यमी अरनिको राज भण्डारीले हरेक बर्ष २ करोड ५० लाखको धूलो दूध भारतबाट आयात गर्नु परेको बताए । अहिले निजी क्षेत्रका डेरीहरुलाई दूध अभाव भएको भन्दै दूध निजी क्षेत्रबाट उत्पादन हुने दूधमा कमी आएको समेत उनले बताए ।

किसानहरुले लागत नभएको गुनासोको बारेमा समेत बोल्दै राजभण्डारीले किसानहरुले पशुवस्तुलाई प्रयोग गरिरहेको आहार महंगो भएका कारण पनि दूध उत्पादन लागत किसानहरुलाई बढेको उल्लेख गरे । उनले कच्चा दूधको गुणस्तर नहुंदा समस्या परेको समेत बताए । नेपालमा दूधको उत्पादन कमी हुन थालेको र चैत्रबाट दूध अभाव हुंदो वाध्य भएर नै हरेक बर्ष दूध अभाव हुंदा निजी क्षेत्रले २८ मेट्रिक टन धूलो दूध भारतबाट आयात गर्नु परेको समेत उनले खुलासा गरे ।
प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार ११:२५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...