back
NMB ad

शेयर बजारमा बिक्री चाप

Kumari bank ad

काठमाडौं । शेयर बजारमा बिक्री चाप बढेको छ । असार मसान्तमा कर्जाको सावाँ तथा व्याज तिर्नुपर्ने दबाबका बीच शेयर बजारमा बिक्री चाप बढेको हो । त्यससंगै नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि सस्तोमा शेयर उठाउनेहरु सक्रिय रहदा कारोबार रकममा भने सुधार आएको छ ।

साताको पहिलो दिन तथा असारको मध्यमा लगानीकर्ताहरुमा शेयर बिक्रीको मनस्थिति बन्दा कारोबार रकम ६४ करोड रुपैयाँ बढी पुग्यो । अधिकाँश कम्पनीको शेयरमूल्य उल्लेखनिय रुपमा घटेर नेप्से सूचक १२.२७ अंकले ओरालो लागेको छ ।

आइतबार कारोबारमा आएका ११ वटै उपसहुको सूचक नकारात्मक हुदाँ नेप्से दोहोरो अंकले घटेर १२४४.८९ विन्दुमा झरेको हो । यस दिन सबै भन्दा धेरै निर्जीवन बीमा समुहको सूचक ५९.९७ अंकले घटेको छ । यस्तै जीवन बीमाको ५८.२९, उत्पादन तथा प्रशोधन ३६.३८, माइक्रोफाइनान्स १५.३९, हाइड्रोपावर १३.१३, विकास बेंक १२.६९ र वाणिज्य बैंक ११.८५ अंकले नकारात्मक बनेको छ ।
आइतबार १७२ कम्पनीका २३ लाख ६१ हजार ५०० कित्ता शेयर किनबेच भएर ६४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। गत विहिबार ६२ करोड ७९ लाख रुपैयाँको कारोबार भएको थियो । पहिले देखि नै कमजोर देखिएको लगानीकर्ताको मनोबल बिक्री चापले झन कमजोर बनाएपनि सस्तोमा राम्रा कम्पनीहरुको शेयर किनेर लगानी विविधिकरण गर्दै जाने अवसर भने सिर्जना भएको छ ।

आइतबार ग्लोवल आईएमई बैंकको संस्थापक शेयर सबैभन्दा धेरै १० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंकको ६ करोड ३९ लाख, शिवम सिमेन्टको ५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भयो । प्रभु बैंक र एनसीसी बैंकको ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुदाँ सिद्धार्थ बैंक, हिमालयन डिस्टीलरी र नविल बैंकको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशतले बढेर शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै मल्टिपर्पस फाइनान्सको ५.०४, अरुण काबेली पावरको ३.२८ , सिभिल लघुवित्तको २.१९ र युनिलिभर नेपालको शेयरमूल्य २ प्रतिशतले सुधार भएको छ ।

यता रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको पनि शेयरमूल्य ५.९२ प्रतिशतले घटेको छ । यस्तै शिवम सिमेन्ट, सिन्धु विकास बैंक, नेपाल एग्रो लघुवित्त लगायतको शेयरधनीले ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

२०७६ असार १५ गते प्रकाशित

वि.सं.२०७६ असार १५ आइतवार १७:०२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...