back
NMB ad

जनता बैंकको एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

Kumari bank ad

काठमाडौं । देशको ग्रामिण तह सम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ वटा शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको हो ।

नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर श्री रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष श्री केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंबर क्षेत्रीले बैंकका साथै शाखा विस्तारका बारेमा मन्तब्य राख्नुभएको थियो ।  यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर श्री ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष श्री पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक श्री रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक श्री संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले समुद्घाटन गर्नुभयो । नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ ।

यसै बिच तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यस सगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...