back
NMB ad

साउदीमा विदेशी कामदारलाई अब एयरपोर्टमै स्वागत, सित्तैमा सीमकार्ड र परामर्श

Kumari bank ad

काठमाडौं । कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले विदेशी कामदारलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ ।

जाँदाजाँदै साउदी टेलिकम कम्पनी (एसटीसी)ले तपाईंलाई निःशुल्क दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्नेछन् ।

त्यहाँको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो कार्यक्रमको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले मंगलबार उदघाटन गरेका छन् । रियादको किंग केल्हाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सरकारी हेल्पडेस्क उदघाटन गरेर उनले यस कार्यक्रमको औपचारिक सुरुवात गरे । अर्को हप्तादेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन बिन्दुमा पनि यस्तै कामको सुरुवात गर्ने मन्त्रालयको तयारी छ ।

साउदी टेलिकम कम्पनी (एसटीसी)ले विदेशी कामदारलाई दिने सिमकार्ड झनै विशेष हुनेछ । सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा हुनेछ

हेल्प डेस्कका साउदी कर्मचारीहरुले कामदारहरुलाई उसको सम्झौता भएको कम्पनीमा पुर्‍याउन सहयोग गर्नेछन् । साउदीले आफ्नो देशमा रोजगारीका लागि आउने कामदारलाई विमानस्थलमै विभिन्न विषयमा परामर्श पनि दिनेछ । यो सेवाबाट अब कामदार विमानस्थलमै अलपत्र परेर दुःख पाएको देख्न र सुन्न नपर्ने अपेक्षा गरिएको छ ।

मोबाइलको सिमकार्डसँगै कामदारले आफ्ना अधिकार, काम, कर्तब्य, देशको कानुन, समस्या परे साउदी सरकारसँग सहयोग माग्ने निकाय र त्यसका प्रक्रियालगायतका विषय समेटिएको ब्रोसर पाउनेछन् । ब्रोसर कामदारकै मातृभाषामा तयार गरिएको हुने अरबन्युज डटकमले जनाएको छ ।

वि.सं.२०७२ चैत ३ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...