back
NMB ad

नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि

Kumari bank ad

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धिभएको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ ।

नेप्से परिसूचक बृद्धि भए पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्याण्डर चार्टड बैंक दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआइसी एशिया बैंक एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९।४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए भने युनियन हाइड्रोपावर ५.८८, सिभिल लघुवित्त वित्तीय संस्था ५.३९, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.२२, महिला सहयात्रा माइक्रोफाइनान्स ३.१४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले २.७५ प्रतिशतले गुमाएका छन् ।

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...