back
NMB ad

गोप्य सुचना अमेरीका पठाउँदा रहेछन् काँग्रेस नेता गगन थापा

Kumari bank ad

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा अमेरिकी एजेण्ट भएको प्रमाणीत भएको छ । उनले नेपालको गोप्य सूचना अमेरिकी दुतावासमा पुर्याउने गरेको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रले आफ्नो प्रभुत्व बढाउन कमजोर राष्ट्र माथि दुई प्रकारका प्रभावको प्रयोग गर्छन, एक हो “हार्ड पावर” भने अर्को हो ” सफ्ट पावर” । “हार्ड पावर” अन्तर्गत नाकाबन्दी, व्यपारमा प्रतिबन्ध, सैनिक हस्तक्षेप आदी जस्ता कार्य पर्दछन भने “सफ्ट पावर” अन्तर्गत देशको कला संस्कृती, छात्रबृति, प्रभृत्व वर्गको लागि विदेश यात्रा, नागरिक अगुवाहरुलाई सम्मान आदीको प्रयोग गरि उक्त देशमा आफ्नो एजेन्डालाई मन्द रुपमा स्थापित गराउने गर्दछन ।

केहि समय अघि नेपाल स्थित अमेरिकी दुताबासले “हेर्नुस त १ को स्कुलमा पढ्दैछ” भन्दै गगन थापाको एउटा फोटो ट्विट गरेको थियो । उक्त फोटोमा थापा हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा “ Global Leadership & public policy for 21st century” को १५ दिने तालिम लिँदै देखिन्थे । थापाको उक्त कोर्षको सम्पूर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो ।

शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो । थापाले उक्त कोर्स गर्नु कुनै नकारात्मक कुरा पनि हैन।

गगन थापाको अमेरिकी दुताबाससंगको नाता पुरानो देखिन्छ । अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन र्याण्डी बेरी (जो अहिले नेपालका लागि अमेरिकी राजदुत भएका छन) ले २००८ मा तयार पारेको “Nepal: Countdown continue: 38 days till CA Elections” शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सूचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ । दुताबासको उक्त रिपोर्टमा गगन थापालाई “Key Embassy Contact” अर्थात “दुताबासका मुख्य सम्पर्क सुत्र” भनि सम्बोधन गरिएको छ।

रिर्पोटमा अमेरिकी दुताबासले निकट भविश्यमा हुन गइ रहेको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसको तयारी र नेपाली कांग्रेसको अवस्थाको बारेमा थापासँग जानकारी मागेको छ । थापाले प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बृद्ध र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र पार्टी प्रति विद्यार्थी संगठन मोहभंग भएकाले नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने भनि थापाले दुताबासका कर्मचारीलाई जानकारी गराएका छन । साथै तराईमा रहेका पहाडीमुलका जनताले नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर असन्तुष्ट रहेकोले आगामी चुनावमा नेकपा एमालेलाई भोट दिन सक्के आफुलाई लागेको थापाले दुताबासका कर्मचारीलाई सुनाउँछन ।

नेपाली कांग्रेसको कमजोर अवस्था भएकाले नेपाली कांग्रेसले संविधान सभाको निर्वाचन टार्नलाई हतकण्डा अपनाउन सक्ने रिपोर्टमा उल्लेख छ । तर मधेसी जनाधिकार फोरमले संविधान सभाको समानुपातिक चुनावको लागि लिष्ट दर्ता गराइ सकेपछि नेपाली कांग्रेसलाई चुनाव टार्ने त्यति सजिलो नभएको उक्त रिपोर्टमा भनिएको छ ।

(साभार :एभरेष्ट मिसन)

 

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...