काठमाडौं । साताको दोस्रो दिन अर्थात आज सोमबार नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । आइतबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज सोमबार पनि ६५ हजारमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको थियो भने आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरि सोमबार चाँदी तोलामा ७६५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०७६ साउन ६ गते प्रकाशित
वि.सं.२०७६ साउन ६ सोमवार १४:०४ मा प्रकाशित