back
NMB ad

एनआरएनए जापानको अध्यक्ष पदमा धादिङका किरण बर्माको उम्मेदवारी

Kumari bank ad

काठमाडौं । जापानमा नेपाली समुदायको हक, हित र अधिकारका लागि विभिन्न सामाजिक गतिविधिमा सक्रिय धादिङ गल्छी-३ मुलाबारीका किरण बर्माले एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि जापानमा रहँदै आएका बर्मा २०१३-१५ को लागि एनआरएनको क्युसुको सह-संयोजक र २०१५-१७ मा संयोजकको रुपमा नेतृत्व गरिसकेका व्यक्तित्व हुन् । उम्मेद्वारी घोषणासँगै उनले आफ्नो चुनावी एजेण्डा र प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

, ‘एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपाली संघ, जापान ९२०१९-२०२१० को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । ‘ बर्माले उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।

बर्माको उम्मेदवारी घोषणा

विभिन्न कारणले मातृभूमिबाट हामी प्रवासी नेपाली सात समुद्रपारी आइपुगेका छौं । जति टाढा पुगे पनि हामी नेपाली नै हौं र जहाँ पनि हामी नेपाली हुनुको गर्वका साथ बाँचिरहेका छौं । नेपालीपन हाम्रो पहिचान हो । हामी संसारभरी छरिएर रहेका प्रवासी नेपालीहरुको साझा चौतारी एनआरएनएसँग लामो समयदेखि जोडिएर काम गर्दै आएको छु । सर्वप्रथम त यस गरिमामय संस्थाको २०१३-१५ को क्युसु क्षेत्रको उप(संयोजक र २०१५-१७ को क्युसु क्षेत्रको संयोजकको रुपमा नेतृत्व गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण एनआरएनए अभियन्ताहरूमा साथ, सहयोग र प्रेरणाको निमित्त हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

मैले क्युसु क्षेत्रको जिम्मेवारी सम्हालेसँगै ‘काम बोलेर होईन गरेर देखाउनुपर्छ’ भन्ने भावनाका साथ केन्द्रसँग अधिकतम हातेमालो गरेँ । मेरो कार्यकालमा मह जोडीको कार्यक्रम, नेपाल फेस्टिवल (वैशाखी मेला), केन्द्रले स्थापना गरेको राहत कोषमा सहयोगदेखि कुमामोतोमा भूकम्प गएको बेला एनआरएनए जापानले गरेको सहयोगमा एनआरएनए क्युसुले देखाएको सक्रियतलगायत नेपाली समाजमा भईपरी आउने हरेक समस्या समाधानमा अग्रसर रहँदै आएको छु । विशेषगरी जापानमा अध्ययनरत विद्यार्थीहरुलाई उपेक्षा गरिंदै आएकोमा एनआरएनको सदस्यता दिलाउन गरिएको पहलले आज सार्थकता पाएको छ ।

विगतदेखि नेपाली समाजसँग जोडिएर काम गरिरहँदा थप इच्छाशक्ति, दृढता र प्रतिवद्धताका साथ अगाडि बढ्ने अठोट गरेको छु । यिनै गौरवशाली विगतलाई अझ सशक्तरुपमा निरन्तरता दिन यहाँहरुको माया र हौसलाले जापानबासी नेपालीको हक, हित र विविध समस्याहरुको समाधानमा काम गर्ने इच्छाशक्ति बढेको छ । यसर्थ, २०१९-२१ को एनआरएनए जापानको नेतृत्व गर्दै पूर्ण इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिवद्धताका साथ म अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न चाहन्छु । यसका लागि मेरा चुनावी एजेण्डा र प्रतिवद्धता बुँदागतरुपमा राख्न चाहन्छु –

१. व्यक्तिगत र संस्थागत तहमा इमान्दारिता र पारदर्शितालाई प्रवर्द्धन गर्ने ।

२. संस्थाको केन्द्रिकृत संरचनालाई विकेन्द्रिकृत गर्दै सार्वभौम सदस्यहरुको अधिकार र भूमिकालाई स्थापित गरेर प्रत्येक क्षेत्रमा अधिकारसम्पन्न क्षेत्रीय समितिको अवधारणालाई कार्यरुप दिने ।

३. संस्थागतरुपमा सहभागितामुलक लोकतन्त्रको अधिकतम् अभ्यास गर्दै प्रवासी नेपालीहरुको भावना, चाहना र आवश्यकताअनुसार संस्थालाई अगाडी बढाउने ।

४. १४ वटै क्षेत्रको विशेषता र मौलिकताको पहिचान र प्रवर्द्धन गर्न सबै क्षेत्रमा पालैपालो एनआरए जापानको नियमित बैठक राख्ने ।

५. वैधानिकरुपमा जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई एनआरएनएप्रतिको चासो र उत्साह जगाउँदै एनआरएनएमा समावेश गराउने, त्यसका लागि हाल भनेको एनआरएनएको सदस्यतालाई नवीकरण मात्र गर्ने प्रक्रियामा जाने

६. जापानमा सिकेका ज्ञान, सिप र धारणालाई मातृभूमि नेपालको विकास र समृद्धिको पक्षमा लगानी गर्ने वातावरण निर्माण गर्ने ।

७. संस्थागत विकास र सदस्यहरुको चौतर्फी हित प्रवर्द्धन गर्नेगरी बहुपक्षीय साझेदारीमार्फत् संस्थागत क्रियाशिलतालाई अभिवृद्धि गर्ने ।

८. संस्थाको हालसम्मको गतिविधिको समीक्षा गरी सकरात्मक कामहरुलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने र संस्थाको घोषित उद्देश्य हासिल गर्नको लागि आवश्यक रणनीति र कार्यनीतिहरुको तय गर्दै त्यसलाई अधिकतम् कार्यान्वयन गर्ने ।

आदरणीय सम्पूर्ण जापानबासी अग्रज बुद्धिजिवी वर्ग, विभिन्न संघसंस्थामा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न पेशामा आवद्ध प्रवासी नेपाली मित्रहरु, उज्जवल भविष्यका लागि जापानमा अध्ययन गर्दै गर्नुहुने विद्यार्थी तथा सम्पूर्ण एनआरएनए अभियान्ताहरु,

लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आइरहेको मलाई विभिन्न संघसंस्था र एनआरएनको विभिन्न जिम्मेवारीमा विश्वास गरी निर्वाचित गर्नुभएकोमा म यहाँहरुप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछु । तपाईहरुको माया, साथ, सहयोग र प्रेरणाले गर्दा म आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्षम रहेको कुरा एनआरएनए अभियन्ता र तमाम जापानबासी नेपालीहरुमा अवगत नै छ ।

एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपाली संघ, जापान ९२०१९-२०२१० को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । सधैंझै यसपटक पनि सम्पूर्ण अग्रज एवम् साथीहरुको साथ र समर्थनको अपेक्षा राखेको छु ।

धन्यवाद । जय एनआरएनए !

 

२०७६ साउन १४ गते प्रकाशित

वि.सं.२०७६ साउन १४ मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...