back
NMB ad

१२ आयातीत वस्तुको एमआरपी तोकियो

Kumari bank ad

काठमाडौं । भन्सार विभागले १२ प्रकारका आयातीत वस्तुको खरिदमा भन्सार विन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ । यससँगै यी वस्तुहरुमा उपभोक्ता ठगिने स्थिति अन्त्य भएको विभागको दाबी छ ।

अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस, मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने निधो व्यवसायीले भन्सार विन्दुमै गर्नु पर्नेछ । आर्थिक ऐन २०६८ को व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्रीले निर्णय गरेको ६ वर्ष १० महिनापछि भन्सार विभागले कार्यान्वयनमा ल्याएको हो ।

ग्राहकले खरिद गरेका यस्ता वस्तुको मूल्यमा आफूले महँगो मूल्य तिरेको महसुस गरे वेवसाइटमा उल्लेखित मूल्यसूची हेरेर जानकारी लिन सकिने विभागले जनाएको छ । यस्तो व्यवस्थापछि बजार अनुगमन गर्न पनि सजिलो हुने विश्वास विभागको छ ।

व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गरे कालोबजारी गरेको मानिने भएकाले यो व्यवस्थापछि उपभोक्ता ठगिने क्रम अन्त्य हुने विभागका महानिर्देशक रामेश्वर दंगालले बताए ।  दंगालका अनुसार उल्लेखित वस्तुहरुको एमआरपी विभागको वेबसाइटमा राखिनेछ ।

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...