back
NMB ad

६५ करोड बढी राजश्व संकलन

Kumari bank ad

बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७५/०७६ मा ६५ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
करदाता सेवा कार्यालयबाट गतवर्ष भदौंमा स्तरोन्नती भएर आन्तरकि राजश्व कार्यालय बनेपछि राखिएको लक्ष्यमा २८ प्रतिशत बढी कर संकलन गरिएको हो ।

कार्यालयले आर्थिक वर्ष २०७५/०७६ का लागि ५१ करोड २३ लाख ५१ हजारको लक्ष्य राखिएकोमा २८ दशमलव ६७ प्रतिशत बढी राजश्व संकलन भएको कार्यालय प्रमुख हेमराज सुवेदीले जानकारी दिनुभयो । त्यस्तै कार्यालयले आयकर ४५ करोड संकलन गरेको छभने मूल्य अभिवृद्धि कर १६ करोड ८५ लाख र अन्तशुल्क कर ९२ लाख ९० हजार रुपैयाँ संकलन गएको जनाएको छ । यसअघि करदाता सेवा कार्यालय मात्र रहेकोमा अहिले कार्यालयको बढुवा भएपछि अहिले करको दायरा फराकिलो बनाउने अभियान थालनी गरिएको छ ।

अभियानको थालनी पछि बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङमा करदाता शिक्षा कार्यक्रम, नयाँ करका क्षेत्र पहिचान गर्दा कर संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । अभियानपछि साना तथा मझौला उद्योग, व्यवसायी, सहकारी संस्था र संस्थागत विद्यालय समेतले कर तिर्न थालेका छन् ।

कार्यालयमा गत असार मसान्तसम्म व्यक्तिगत रुपमा २ हजार ३७ जनाले व्यपारिक पान नम्बर लिएका छनभने व्यक्तिगत ४ हजार ५ सय ८ जनाले लिएका छन् । यस्तै एक आर्थिक वर्षमा २ सय ३ व्यवसाय भ्याटमा दर्ता भएका छन् । अहिलेसम्म कार्यालयमा २४ हजार २ सय ७० करदाता सूचिकृत भैसकेका छन् ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १०:१९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...