back
NMB ad

४ सय ३ किलोमिटर “सुर्खेत–हिल्सा” द्रुतमार्गको लागत ६४ अर्ब

Kumari bank ad

सुर्खेत । सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ । त्यसैका लागि प्रदेश सरकारले आज बिहान काठमाडौँमा बृहत छलफल गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मासहित सङ्घीय सांसद, चाइना रेलवे इञ्जिनीयरिङ ईर्युवान कम्पनी (क्रीस)को प्रतिनिधिमण्डल, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच छलफल भएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

उहाँले यही साउन १७ गते क्रीस कम्पनीले कर्णाली प्रदेश सरकारलाई बुझाएको उक्त द्रुतमार्ग सम्भाव्यता अध्ययन प्रतिवेदन कर्णाली प्रदेश सरकारले आजको छलफलमा प्रस्तुत गरेको बताउनुभयो । योजनामन्त्री ज्वालाका अनुसार प्रतिवेदनमा उल्लिखित ४ सय ३ किलोमिटर दूरीको उक्त द्रुतमार्गको लगानी रु ६४ अर्ब लगानी लाग्नेछ ।

सुर्खेत–हिल्सा द्रुतमार्ग कर्णाली प्रदेशको जीवनरेखा र मुलुक समृद्धिको कोसेढुङ्गा मानिएको छ । जसले देशको उत्तरी नाकाको पर्यटकीय र व्यापारिक नाका जोड्न विशाल महत्व राख्नेछ । कर्णाली प्रदेश सरकार र सङ्घीय सांसदले आजै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो मार्ग चिनियाँ कम्पनी क्रीसले खर्चमा कार्य थालनी गरेको ६ महीनाभित्र सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...