back
NMB ad

लुम्विनीको १७.०७ प्रतिशत बोनस सुरक्षित गर्न २ दिन बाँकी, साउन २८ गते एजीएम

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकको १७.०७ प्रतिशत बोनस सुरक्षित गर्नका लागि मंगलबार (साउन २१ गते) सम्म पाउने छन ।
साउन २८ गते हुने साधारण सभा प्रयोजनको लागि बैंकले बुधबार (साउन २२ गते) देखि बुक क्लोज गर्दैछ ।

लुम्बिनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । मंगलबार सम्म कायम सेयरधनीले मात्र बोनस सुरक्षित गर्नेछन ।अमृतभोग कालिकास्थान काठमाडौंमा, बिहान ११ बजे सुरु हुने साधारण सभामा नियामक केन्द्रीय बैंकले लुम्बिनीको बोनस सेयर स्वीकृत गरिसकेको छ । बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अर्को प्रस्ताव पनि पेश गर्दैछ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...