back
NMB ad

अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने

Kumari bank ad

काठमाण्डौं । अमेरिकाले उत्तर कोरियामाथि परमाणु परीक्षण एवं व्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै नयाँ प्रतिवन्ध लगाउने घोषणा गरेको छ। उत्तर कोरियाले ६ जनवरीमा परमाणु परीक्षण र सात फेब्रअरीमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको बताए।

अन्तर्राष्ट्रिय संचामाध्यमका अनुसार राष्ट्रपति बराम ओबामाले उत्तर कोरियाको सो कदम विरुद्ध नयाँ प्रतिबन्ध लगाउन आदेश दिएका हुन्। राष्ट्रपति ओबामाले अमेरिका र विश्व समुदायसँग उत्तर कोरियाको अवैध परमाणु परीक्षण एवं ब्यालेस्टिक मिसाइलजस्ता गतिविधिलाई स्विकार गर्न नसक्ने बताएका छन्। हामीले नयाँ प्रतिबन्ध यसै सिलसिलामा लगाएको हौं, उनले भने।

ओबामाले हस्ताक्षर गरेको दस्तावेज अनुसार उत्तर कोरियाली जनताको विरुद्धमा नभइ सरकारको विरोधमा भएको जनाइएको छ। संयुक्त राष्ट्रसंघले यसअघि नै उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइसकेको छ भने अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको सयुक्त सैन्य अभ्यासको विरोध गर्दै आगामी दिनमा परमाणु बम तथा व्यालेस्टिक मिलाइलको प्रक्षेपणगर्ने चेतावनी दिँदै आएको छ।

 प्रकाशितः एजेन्सी, २०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १४:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...