back
NMB ad

बुढिगण्डकी जलविद्युत आयोजना आकाशको फल आँखा तरी मरको स्थितीमा

Kumari bank ad

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ देखि बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण सुरु गर्यो । सुरुमा मुआब्जा निर्धारण हुँदा आयोजना अगाडि बढिहाल्छ र निर्माणको काम समेत सुरु भइहाल्छ भन्ने अपेक्षामा रहेका धादिङ र गोरखाका साविक २७ गाविसका बासिन्दा हालसम्म पनि मुआब्जा निर्धारण प्रक्रियाले अन्तिम निष्कर्ष नपाउँदा चिन्तित बनेका छन् ।

सुरुमा मुआब्जा लिनेले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थिएन । आर्थिक वर्ष २०७५/७६ देखि आफ्नो घर खेत छाडेर सरकारलाई सहयोग गर्न तयार भएका स्थानीयबासीले थप पुँजीगत लाभकर तिर्नु परेको छ । जसका कारण सुरु मै मुआब्जा लिनेहरुले भन्दा गत वर्षदेखि मुआब्जा लिनेहरु बढी समस्यामा परेका छन् । सरकारले आफैले दिएको मुआब्जा रकममा समेत पुँजीगत लाभकरको बोझ बोकाएपछि स्थानीय आयोजना प्रभावितले मुआब्जा रकम नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाऊको अनुसार भने जस्तै भएको छ ।

सरकारले हालसम्म आयोजना प्रभावितलाई २६ अर्ब ५० करोड ३२ लाख २८ हजार ३३० रुपैयाँ बराबरको मुआब्जा रकम वितरण गरिसकेको छ । यद्यपि आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने कुनै निर्णय हुन सकेको छैन् । तत्कालिन उर्जामन्त्री जर्नादन शर्माले काम चलाउको हैसियतमा पुगेपछि एक विवादास्पद चिनियाँ कम्पनीलाई आयोजना दिने निर्णय गरेका थिए । सामान्य मर्यादालाई समेत ख्याल नगरी मन्त्रि शर्माले चिनियाँ कम्पनी गेजुआका एक कर्मचारीसँग द्विपक्षीय सम्झौता गरे । प्रधानमन्त्री निवास वालुवाटारमा तत्कालिन काम चलाउन सरकारका प्रधानमन्त्री प्रचण्ड समेतको उपस्थितीमा भएको उक्त सम्झौताका विषयलाई लिएर चर्को विरोध समेत भएको थियो ।

नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रको संयुक्त सरकारले गरेको उक्त निर्णयलाई लगत्तै गठन भएको कांग्रेस नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचनकै क्रममा खारेज गर्यो । राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वको समितिले आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने भन्दै एक अर्ब बराबरको भायाविलिटी ग्याप फन्ड उपलब्ध गराउने निर्णय समेत गर्यो ।

आयोजनामा कुन निकायले के कति मात्रामा रकम लगानी गर्ने भन्ने फेहरिस्त सहितको प्रतिवेदन समेत उपाध्यक्ष वाग्ले नेतृत्वको कार्यदलले सरकारलाई सुझाव दिएको थियो । निर्वाचनका क्रममा रहेको सरकारले गरेको उक्त निर्णय कार्यान्वयन हुनेमा आशंका भने कायमै थियो ।निर्वाचन लगत्तै गठन भएको वर्तमान सरकारले सो आयोजना पुनः विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गर्यो । सो निर्णय भएको पनि करिब १ वर्ष पूरा हुन लागेको छ । हालसम्म आयोजना कुन आधारमा अगाडि बढाउने भन्ने उपयुक्त विधि र प्रक्रिया समेत तय हुन सकेको छैन् ।

आयोजना प्रभावितले सहज रुपमा मुआब्जा समेत पाउन सकेका छैनन् । मुआब्जा निर्धारण हुनुपर्ने आरुघाट, आर्खेट र खहरे बजारको विषयमा हालसम्म कुनै निर्णय भएको छैन् । यद्यपि आयोजनाले हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको रकम सरकारी कोषबाट खर्च गरिसकेको छ । २६ अर्ब रुपैयाँ मुआब्जामा खर्च भए पनि बाँकी १० अर्ब रकम बजेट कहाँ खर्च गरियो भन्ने बारेमा सरकारले कुनै विश्वासिलो तथ्य सार्वजनिक गरेको छैन् । मुआब्जा निर्धारण नभएमा क्षेत्रको तत्काल निर्धारण गर्न स्थानीय सरोकारवालाले पटक पटक आग्रह गरे पनि सुनुवाई भएको छैन् ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले चिनियाँ कम्पनीसँग ३ पटक छलफल गरे पनि कुनै निष्कर्श ननिस्कँदा आयोजनाको भविष्य क्रमशः अन्धकारमा धकेलिँदै गएको छ । काठमाडौं –पोखरा र नारायणगढ जस्ता बढी विद्युत माग हुने लोडसेन्टर नजिक निर्माण हुन लागेको सो आयोजना अगाडि बढाउनुपर्छ भन्नेमा सबैको मतक्य रहेको छ । यद्यपि स्वदेशी वा विदेशी कुन ढाँचामा लगानी गर्ने भन्ने विषयले निश्कर्ष पाउन नसक्दा आयोजना आकाशको फल आँखा तरी मर भने जस्तै स्थितीमा पुगेको छ ।

सरकार चाहन्छ, आयोजनामा आफूहरुले सम्झौता गरेको चिनियाँ कम्पनीले नै निर्माण गरिदिओस तर उसको विगत हेर्दा आयोजना बनाइहाल्ने अवस्थामा सो कम्पनी देखिन्न । तथ्य र कारण जे भए पनि बुढीगण्डकी जलविद्युत आयोजना क्यारेमको गोटी भन्दा फरक बन्न सकेको छैन् । आयोजनाले हालसम्म ४४ हजार १२० रोपनी क्षेत्रफलको मुआब्जा वितरण गरिसके पनि निर्धारण हुन बाँकी रहेका तीन स्थानको विषय सबैभन्दा जटिल बन्न पुगेको छ । एक आना कै २५ लाख रुपैयाँसम्म मुआब्जा माग भएपछि सरकारले सो विषयमा उपयुक्त निर्णय गर्न नसकेको जनाएको छ ।

यद्यपि ईपीसीएफ ढाँचामा आयोजना निर्माण गर्ने भन्दै गरिने प्रचार त कहिले क्षमता घटाउने भन्ने विषयमा फैलिएको हल्लाले आयोजनाको भविष्य क्रमशः चौपट बन्दै गएको छ ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १३:२० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...