दाङ । दाङ–तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएका छन ।
उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौंका लागि नियमित दुईवटा विमानले उडान गर्ने जानकारी दिनुभएको हो । नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।
यसअघि दैनिक एउटा मात्र उडान हुँदै आएको थियो । सातामा नियमित दुई उडान हुने भएपछि धेरै यात्रुले सेवा लिन सक्नेछन । यात्रुहरूको चापलाई मध्यनजर गर्दै जहाज उडान संख्या वृद्धि भएको पाण्डेले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका र नेपाल वायुसेवा निगमबीच गत ३० कात्तिक ०७५ काठमाडौं–दाङ–काठमाडौं दैनिक नियमित उडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा बजारको मागअनुसार उडान संख्या थपघट गर्न सकिने उल्लेख भएको थियो ।
लामो समयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित सञ्चालनमा ल्याइएको हो ।
२०७६ साउन २२ गते प्रकाशित
वि.सं.२०७६ साउन २२ बुधवार ०८:१९ मा प्रकाशित