काठमाडौं । उन्नति माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड १८ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्षको भन्दा नाफा १०३.७० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ३०.८६ प्रतिशत र सञ्चालन नाफा १०६.५० प्रतिशत बढाउन उन्नति सफल भएको छ ।
संस्थाको चुक्ता पुँजी पनि ६०.५५ ले वृद्धि भई ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोष ७३.७९ प्रतिशतले बढेको छ । निक्षेप संकलन ६६.६८ प्रतिशत र कर्जा प्रवाह ४५.६७ प्रतिश ले विस्तार भएको छ ।
प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ५७ पैसाले बढेर ४७ रुपैयाँ ४३ पैसा पुगेको छ ।
२०७६ साउन २२ गते प्रकाशित
वि.सं.२०७६ साउन २२ बुधवार १०:२५ मा प्रकाशित