back
NMB ad

नौ बिमा कम्पनीले पुर्‍याएनन् पुँजी, तीन महिनामा पुर्‍याउने प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । पुँजी र्पुयाउन नसकेका नौवटा बिमा कम्पनीले आगामी तीन महिनाभित्र पुँजी पुर्याउने भएका छन । ती बिमा कम्पनीलाई समितिले किन पुँजी पु¥याउन नसकेको भनेर स्पष्टीकरणसमेत सोधेको थियो । जवाफमा बिमा कम्पनीले नयाँ वित्तीय प्रतिवेदन प्रणाली लागू भएकाले समस्या भएको बताएका थिए ।

अनुगमनका क्रममा ती बिमा कम्पनीहरूले आगामी तीन महिनाभित्र पुँजी पुर्याउने प्रतिबद्धता व्यक्त गरेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । तीन महिनाभित्र तोकिएको पुँजी पुर्याउने प्रतिबद्धता गरेका कारण आगामी बोर्ड बैठकको निर्णयअनुसार अघि बढ्ने अध्यक्ष चापागाईंको भनाइ छ ।

पुँजी पु¥याउन नसक्ने बिमा कम्पनीमा जीवनतर्फ सूर्य लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र राष्ट्रिय बिमा संस्था छन् भने निर्जीवन बिमातर्फ लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड, एनएलबी र राष्ट्रिय बिमा कम्पनीलगायतका ९ वटा कम्पनीले समितिले तोकेको चुक्ता पुँजी पु¥याउन सकेका छैनन् । अधिकांश बिमा कम्पनीले समितिले तोकेका चुक्ता पुँजी पु¥याइसकेका छन ।

त्यसैगरी, समितिले क्रस होल्डिङ भएका बिमा कम्पनीको मर्जर गराउने तयारी पनि थालेको छ । समितिले अहिले डाटा संकलन गर्ने काम गरिरहेको छ । समितिले खास गरी चुक्ता पुँजी वृद्धि गर्न नसकेका बिमा कम्पनी र क्रस होल्डिङ भएका बिमा कम्पनीको मर्जर गर्न मर्जरसम्बन्धी नीति ल्याएको थियो । तर, बिमा कम्पनीको संख्या बढी भएको तथा नियमन नै गर्न समस्या भएकालेसंख्या घटाउने उद्देश्यले मर्जर नीति नल्याएको अध्यक्ष चापागाईंले बताए ।

‘बंैकिङ क्षेत्रमा एकै प्रकृतिका कम्पनी धेरै भएकाले मर्जर आवश्यक भएजस्तो बिमा कम्पनीको न संख्या धेरै छन् न एकै प्रकृतिका काम गर्ने धेरै कम्पनी छन् त्यसैले बिमा क्षेत्रमा मर्जरको खासै आवश्यकता छैन,’ उनले बताए ।

समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन निर्देशन दिएको थियो । यसअघि पनि बिमा कम्पनीको पुँजी वृद्धिका लागि समितिले दुईपटकसम्म समय थपेको थियो ।
हाल २० वटा निर्जीवन र १९ वटा जीवन गरी जम्मा ३९ वटा बिमा कम्पनी सञ्चालनमा छन् ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...