back
NMB ad

भक्तपुर मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले गरे पत्रकारमाथि दुव्र्यवहार

Kumari bank ad

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्र्यवहार भएको छ । लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशिलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्र्यवहार गरेका छन् ।

सेवाग्राहीहरुको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोटिङको लागि मंगलबार मालपोत कार्यालय भक्तपुर पुगेका थिए । कार्यालयमा समाचार संकलनको दुश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युुटर अधिकृत पोखरेलले दुव्र्यवहार गरेका हुन् ।

सूचना अधिकृत महेश अधिकारीसँग स्विकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्र्यवहार गरेका हुन् । उनको दुव्र्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफि समेत मागेका थिए । कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी त्यसमा पनि हिजो देखि नै सर्भर डाउन भएपछि सेवाग्राहीहरु मर्कामा परेका थिए ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...